बागमती प्रदेशसभा बैठक साउन २७ गतेका लागि आह्वान
मकवानपुर । बागमती प्रदेश सभा बैठक आगामी साउन २७ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालय हेटौँडाले शुक्रबार सूचना जारी गर्दै साउन २७ गते दिउँसो ४ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेको हो ।
उक्त बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यसूची रहेको छ । नेपालको संविधानको धारा १६७ को उपधारा (४) र प्रदेश सभा नियमावली, २०७५ को नियम ११२ को उपनियम (१) बमोजिम मुख्यमन्त्री बानियाँले बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय गरिएको प्रदेशसभाका सचिव रामकुमार पौडेलले जानकारी दिए ।
यसअघि गत असार २३ गते प्रदेश सरकारको बजेट पारित गर्न प्रदेशसभा बैठक सञ्चालन भएको थियो । सो पश्चात स्थगित गरिएको बैठक मुख्यमन्त्री बानियाँको विश्वासको मत लिनका लागि आह्वान गरिएको हो ।
गत साउन २० मा कांग्रेस एमालेको गठबन्धनबाट नेपालको संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्री बनेका बानियाँले सरकार जोगाउन सामान्य बहुमत ५६ सांसदको समर्थन जुटाउन जरुरी हुन्छ । मुख्यमन्त्री बानियाँलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जना सांसदको समर्थन रहेको छ ।
११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ (सभामुख सहित), एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण