बूढीगण्डकीका सिइओले लिए शपथ, स्पष्ट कार्य योजनासहित अघि बढ्न मन्त्री खड्काको निर्देशन
काठमाडौँ । बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर अरुण रजौरियाले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित एक औपचारिक समारोहमा कम्पनीका अध्यक्ष तथा ऊर्जा सचिव सुरेश आचार्यले रजौरियालाई ऊर्जामन्त्री दीपक खड्काको उपस्थितिमा शपथ ग्रहण गराएका हुन् ।
समारोहमा ऊर्जामन्त्री खड्काले नव नियुक्त सिइओ रजौरियालाई बधाई दिँदै बूढीगण्डकीजस्तो बृहत् र रणनीतिक राष्ट्रिय आयोजना कार्यान्वयनको चरणमा प्रवेश गर्ने मोडमा छ । त्यसैले अब स्पष्ट कार्य योजना सहित गुणस्तरीय प्रगति देखिने गरी अघि बढ्न निर्देशन दिए ।
मन्त्री खड्काले आयोजनामा पारदर्शिता, दक्षता र समयपालनाको सुनिश्चितता आवश्यक रहेको उल्लेख गर्दै, रजौरियाको तीन दशक लामो व्यावसायिक अनुभवले आयोजनालाई गति दिने विश्वास व्यक्त गरे ।
साथै, आयोजनालाई सार्वजनिक–निजी साझेदारी मोडलमा अगाडि बढाउने विषयमा नीतिगत स्पष्टता र लगानी सुरक्षाको वातावरण सिर्जना गर्नु नेतृत्वको पहिलो प्राथमिकता हुनुपर्नेमा पनि उनले जोड दिए ।
ऊर्जामन्त्री खड्काले भने,'झण्डै १२०० मेगावाट क्षमताको यो बृहत् बहुउद्देश्यीय आयोजनाबाट विद्युत् उत्पादनसँगै सिँचाइ, बाढी नियन्त्रण, पर्यटन र रोजगारी सिर्जनामा समेत योगदान हुने अपेक्षा गरिएको छ। यस्तो राष्ट्रिय महत्वको आयोजनामा समयमै लक्ष्य र उद्देश्य हासिल गरी मुलुक र जनताले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण तयार गर्नु प्रमुख कार्यकारीको दायित्व हो ।'
समारोहमा मन्त्रालयकी सिँचाइ सचिव सरिता दवाडी, सहसचिवहरू, मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण