पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
सारांश
- अविरल वर्षाका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।
- बागलुङ नगरपालिका-१२ कालाखोलामा पहिरो खस्दा यातायात पूर्ण रूपमा बन्द भएको छ।
- मुस्ताङ जाने पर्यटक र बुटवलतर्फ जाने सवारी साधनहरू प्रभावित भएका छन्।
ढोरपाटन । अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । आज दिउँसोदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।
करिडोरको बागलुङ नगरपालिका–१२ कालाखोलामा पहिरो खस्दा करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी जानकारी दिए । करिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दूरीका सवारीसाधान ठप्प भएको उनको भनाइ छ । अहिले भारी वर्षा भइरहेको हुँदा सडक खुलाउन नसकिने भन्दै वर्षा रोकिएपछि खुलाउने उनले बताए।
सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात बिच्छेद भएको छ । पहिरोले करिडोर अवरुद्ध भएपछि मुस्ताङ जाने पर्यटक गाडी र बागलुङदेखि बुटवल, भैरहवा र सुनौली जाने सवारीसाधन ठप्प भएका प्रहरी निरीक्षक थापाले बताए ।
उनले भने- ‘पहिराले करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ, सवारीसाधन ओहोरदोहोर गर्ने अवस्था छैन, अहिले पनि भारी वर्षा भइरहेको हुँदा तत्काल सडक खुलाउन सक्ने अवस्था छैन, वर्षा रोकियो भने बिहानसम्म मेसिन लगाएर खुलाउने छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण