मदन–आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा एमाले उपमहासचिव ज्ञवाली चयन
सारांश
- मदन-आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रदीप ज्ञवाली चयन भएका छन्।
- साधारणसभाले नयाँ कार्यसमिति चयन गर्दै मदन भण्डारीको विचारलाई निरन्तरता दिने निर्णय गर्यो।
- कार्यक्रममा प्राडा दीपक अर्याललाई सम्मान गरियो, र प्राविधिक शिक्षा विस्तारमा जोड दिइयो।
काठमाडौँ । मदन–आश्रिम स्मृति प्रतिष्ठानको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली चयन भएका छन् । आज यहाँ सम्पन्न प्रतिष्ठानको ३१ औँ वार्षिक साधारणसभाले सर्वसम्मत रूपमा ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
प्रतिष्ठानको उपाध्यक्षमा रामेश्वर फुँयाल, सचिवमा मधु तिमिल्सिना, कोषाध्यक्षमा सरोज दाहाल, सदस्यमा विदुरप्रसाद ढुङ्गाना, कृष्णहरि थापा, श्रीकृष्ण चापागाईँ, सुदर्शन चापागाईँ, सुरेशप्रसाद निरौला, दिव्याकुमारी घिमिरे र सुरेशप्रसाद चापागाईँ चयन भएका छन् ।
सो अवसरमा एमालेका उपाध्यक्ष गुरु बरालले मदन भण्डारीको अद्वितीय नेतृत्व क्षमता, जनसम्पर्कको शैली र विचारलाई सङ्गठनमा रूपान्तरण गर्ने कौशलको प्रशंसा गर्दै प्रतिष्ठानले नयाँ पुस्तामा भण्डारी–आश्रितको विचारको ज्योति प्रज्ज्वलित गर्न निरन्तर लागिरहनुपर्नेमा जोड दिएको प्रतिष्ठानका सदस्य विष्णु खनालले जानकारी दिए ।
एमाले स्कुल विभाग प्रमुख एवं उपमहासचिव ज्ञवालीले मदन–आश्रितको जीवनयात्रा विचार र सङ्गठनको सङ्गम भएको उल्लेख गर्दै कठिन राजनीतिक परिस्थितिमा पनि उहाँहरूले माक्र्सवादी विचारलाई जनमुखी र शान्तिपूर्णरूपमा अघि बढाउनुभएको बताए ।
उनले प्रतिष्ठानलाई समुदायसँगको सहकार्यमा प्राविधिक शिक्षा विस्तार तथा विश्वविद्यालयसँग सहकार्य गरी प्रविधिमैत्री शिक्षण पद्धति विकासमा प्रतिबद्ध संस्थाका रूपम विकास गरिने प्रतिबद्धता व्यक्त गरे ।
एमाले नेता कृष्ण राईले प्रतिष्ठान स्थापनाकालदेखि नै शिक्षा क्षेत्रमा दिएको योगदानको प्रशंसा गरे । पूर्वमन्त्री आनन्द पोखरेलले जलवायु परिवर्तन र डिजिटल युगको चुनौतीलाई प्राविधिक शिक्षासँग जोड्नुपर्नेमा जोड दिए । पूर्वराजदूत महेन्द्र पाण्डेले मदन भण्डारीका विचार आत्मसात नगरी सच्चा कम्युनिष्ट बन्न नसकिने उल्लेख गर्दै प्रतिष्ठानबाट उत्पादित जनशक्ति र कार्ययोजनाको स्पष्ट लेखाजोखा गर्न सुझाव दिए ।
प्रतिष्ठानका कार्यवाहक अध्यक्ष रामेश्वर फुयालले प्रतिष्ठान शिक्षा बेरोजगार उत्पादन गर्ने कारखाना नभई सिर्जनशील, सीपयुक्त र आत्मनिर्भर जनशक्ति निर्माण गर्ने उपयुक्त थलो भएको बताए ।
सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा दीपक अर्याललाई सम्मान गरिएको थियो । सभारणसभाले मदन भण्डारी र जीवराज आश्रितका विचार र मार्गदर्शनलाई जीवन्त राख्दै शिक्षा, विज्ञान, प्रविधि र समाज रूपान्तरणको मार्गमा प्रतिष्ठानलाई अघि बढाउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण