बडिमालिका दर्शन गरेर फर्कने क्रममा भिरबाट लडेका अर्का एक व्यक्तिको शव निकालियो
सारांश
- बडिमालिका दर्शन गरी फर्कने क्रममा बाजुराको भीरमा लडेर एक व्यक्तिको मृत्यु भएको छ।
- ७५ वर्षीय डिल्लीराज घोरासैनीको शव सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले निकाल्यो।
- यसअघि गोकर्णेश्वरका एक व्यक्तिको शव पनि सोही भीरबाट निकालिएको थियो।
काठमाडौँ । बडिमालिका दर्शन गरेर फर्कने क्रममा भिरबाट लडेका अर्का एक व्यक्तिको शव सुरक्षाकर्मीले भीरबाट निकालेका छन् । साउन २३ गते १६ः२५ बजे बाजुराको त्रिवेणी नगरपालिका–९ विस्नापानी भीरमा बडिमालिका मन्दिर दर्शन पश्चात् फिर्ता हुने क्रममा लडेर मृत्यु भएका अर्का एक व्यक्तिको शव निकालिएको हो ।
बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका–४ बस्ने वर्ष ७५ का डिल्लीराज घोरासैनीको शव आज बिहान ०९ः४५ बजे सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाजुराबाट गएको सुरक्षाफौज, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बाहिर निकालेको हो ।
भिरबाट करिब ३ सय मिटर तल खसेर उनको मृत्यु भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। यसअघि आज बिहान काठमाडौँ जिल्लाको गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने ५२ वर्षीय विप्लव ओझाको शव सोही भीरबाट निकालिएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण