अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा
सारांश
- कालीगण्डकी कोरिडोरमा बागलुङको कालाखोलामा पहिरोका कारण यातायात अवरुद्ध भएको थियो।
- प्रहरीका अनुसार, सडक शुक्रबार साँझ ७ बजेदेखि अवरुद्ध भई आज बिहान १० बजेदेखि पुनः सञ्चालनमा आएको हो।
- सडक खुलेपछि मुस्ताङ जाने पर्यटक र अन्य यात्रुवाहक सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।
बागलुङ । शुक्रबार साँझदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कालीगण्डकी कोरिडोरमा यातायात सञ्चालनमा आएको छ ।
बागलुङ नगरपालिका–१२ कालाखोलामा सडकमाथिबाट पहिरो खस्दा शुक्रबार साँझ ७ बजेदेखि पूर्णरुपमा अवरुद्ध करिडोर आज विहान १० बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।
कोरिडोर अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको यातायात बिच्छेद भएको थियो । सडक सञ्चालनमा आएपछि मुस्ताङ जाने पर्यटक गाडी र बागलुङदेखि बुटवल, भैरहवा र सुनौलीलगायतका स्थानमा जाने सवारी साधान पनि गन्तव्यतर्फ लगेको प्रहरी निरीक्षक थापाले बताए ।
उनले भने, “रातिनै सडक खुलाउने प्रयास गरेका थियौँ, तर भारी वर्षा भइरहेको र पहिरो पनि खसिरहेको हुँदा खुलाउन सकएन, आज विहानैदेखि मेसिन लगाएर सडक खुलेको छ, सडक खुलेपछि अलपत्र सवारी र यात्रु गन्तव्यतर्फ लागेका छन् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण