खेलकुदका माध्यमबाट पर्यटक भित्र्याउनुपर्छः मन्त्री चौधरी
सारांश
- युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदबाट पर्यटक भित्र्याउने योजनाबारे जानकारी गराए।
- मन्त्रीले काँकडभिट्टा खेलमैदानको स्तरोन्नतिका लागि रु तीन करोड बजेट विनियोजन गरिएको बताए।
- मन्त्रीले खेलकुद क्षेत्र मनोरञ्जन, स्वास्थ्य र पर्यटनको माध्यम भएको र जग्गा स्थानीय तहको स्वामित्वमा ल्याइने बताए।
झापा । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदका माध्यबाट पर्यटक भित्र्याउने योजनामा सरकारले काम गरिरहेको बताएका छन्।
काँकडभिट्टा खेलमैदानको आज निरीक्षण गर्दै उनले पूर्वीनाकामा रहेको खेलमैदानमार्फत काँकडभिट्टाले नेपालमा पर्यटक भित्र्याउन सक्ने भनाइ राखे । मन्त्री चौधरीले सङ्घीय सरकारले काँकडभिट्टा खेलमैदानको स्तरोन्नतिका लागि चालू आर्थिक वर्ष २०८२–८३ मा रु तीन करोड बजेट विनियोजन गरेको जानकारी दिए ।
“क्रिक्रेट, फुटबल र भलिबल खेलेर नेपाली खेलाडीले लाखौँलाख आर्जन गरेका थुप्रै उदाहरण छन्”, उनले स्थानीय जनप्रतिनिधि, खेलाडी र खेलप्रेमीहरुलाई सम्बोधन गर्दै भने, “दुई ठूला देशको बीचमा छौँ हामी । एसियाली राजमार्ग निर्माणपछि काँकडभिट्टा खेलमैदानको महत्व अन्तरराष्ट्रिय रुपमा बढेर जानेछ ।” उनले खेलकुद क्षेत्र मनोरञ्जन, स्वास्थ्य र पर्यटनको माध्यम भएको जनाउँदै देशको पहिचान बढाउन काँकडभिट्टाले उत्पादन गरेका खेलाडीको अतुलनीय योगदान रहेको चर्चा गरे ।
सरकारले खेलकुद क्षेत्रका लागि अहिले रु छ अर्ब बजेट छुट्याएको उल्लेख गर्दै मन्त्री चौधरीले खेलमैदान स्थानीय तह र प्रदेशलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए । काँकडभिट्टा खेलमैदानले चर्चेको जग्गा ग्रामीण आवास कम्पनीको भएको विषयमा उनले छिटोभन्दा छिटो खेलमैदानको जग्गा स्थानीय तहको स्वामित्वमा ल्याउनुपर्ने बताए । उनले खेलमैदानको जग्गाको स्वामित्व पालिकाको नाममा ल्याउन र त्यसको पूर्वाधार विकासमा सघाउन सरकार तयार रहेको बताए ।
त्यस अवसरमा मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकी, उपप्रमुख मीना उप्रेती, पूर्वनगरप्रमुख विमल आचार्यलगायतले काँकडभिट्टाको खेलकुद गतिविधि र मैदानका समस्या बारेमा मन्त्री चौधरीको ध्यानाकर्षण गराउनुभएको थियो । मन्त्री चौधरीले आज मेचीनगरको चारआलीमा आयोजना हुने इन्डो–नेपाल इन्टरस्कुल कराते प्रतियोगिताको उद्घाटन गरे कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण