बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रपतिबाट रक्षाबन्धन ग्रहण

शनिबार, २४ साउन २०८२, १३ : ०५
शनिबार, २४ साउन २०८२

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा नवयज्ञोपवित (जनै) र रक्षाबन्धन ग्रहण गर्नुभएको छ।
  • राष्ट्रपति पौडेलले देश विदेशमा रहेका नेपालीहरूलाई शुभकामना व्यक्त गर्दै पर्वले सम्बन्ध र सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभयो।
  • उनले जनैपूर्णिमा पर्वले राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिने विश्वास व्यक्त गर्नुभयो।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित (जनै) एवं रक्षाबन्धन ग्रहण गरेका छन् । राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट आज निर्धारित साइतअनुसार वैदिक रक्षाबन्धन ग्रहण गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँगै आफन्तजनले  रक्षाबन्धन ग्रहण गरेका छन् ।

यसअघि आजै राष्ट्रपति पौडेलले जनैपूर्णिमा, ऋषितर्पणी एवं रक्षाबन्धनको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले आज एक शुभकामना सन्देश दिँदै नवयज्ञोपवित एवं रक्षाबन्धन धारण गरेर मनाउने यस पर्वले नेपालीबिच आपसी सम्बन्ध र सदभाव प्रगाढ बनाउने  विश्वास व्यक्त गरेका छन् ।

जनैपूर्णिमा एवं ऋषितर्पणी पर्वको आफ्नै विशिष्ट महत्व रहेको बताउँदै उनले विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, चाडपर्व  र परम्परा रहेको हाम्रो देशमा मनाइने यसप्रकारका चाडपर्वले आपसमा मित्रता, प्रेम र सद्भाव अभिवृद्धि गर्दै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिने विश्वास पनि व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप