रुपन्देही-३ उपनिर्वाचन : उम्मेदवार बन्न एमालेबाट ४ जनाको आकांक्षा
सारांश
- रुपन्देही क्षेत्र नम्बर ३ मा एमालेबाट उपनिर्वाचनका लागि चार जनाले उम्मेदवारी दिने आकांक्षा देखाएका छन्।
- भैरहवामा बसेको एमाले क्षेत्रीय समन्वय कमिटीको बैठकमा उनीहरुले आकांक्षा व्यक्त गरेका हुन्।
- एमाले केन्द्रले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न भनेको छ, तर महिलाको आकांक्ष देखिएको छैन।
बुटवल । रुपन्देही क्षेत्र नम्बर ३ मा कार्तिक १७ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट चार जनाले उम्मेदवार बन्न आकाङ्क्षा देखाएका छन् ।
शनिबार भैरहवामा बसेको एमाले क्षेत्रीय समन्वय कमिटीको तेस्रो बैठकमा चार नेताले आकाङ्क्षा देखाएका हुन् ।
बैठकमा पार्टीका पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, नेता एवं व्यवसायी शशी पौडेल, सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख (मेयर) तथा एमाले लुम्बिनी प्रदेश सदस्य हरि प्रसाद अधिकारी र नेता यज्ञजित शाहले उम्मेदवार बन्ने औपचारिक रूपमा आकांक्षा व्यक्त गरेको पार्टीले जनाएको छ ।
एमाले केन्द्रले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न भनेको छ । तर, एमालेबाट महिलाहरूले उम्मेदवार बन्न हालसम्म कसैले आकाङ्क्षा देखाएका छैनन् ।
एमाले रुपन्देहीले केही दिनमै उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गर्ने तयारी गरेको जिल्ला अध्यक्ष यज्ञ गैर बताए । सांसद दीपक बाेहाेराकाे निधन भएपछि रुपन्देही ३ मा उपनिर्वाचन हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण