‘अन्डरवर्ल्ड डन’ दाउदका सहयोगी नेपालमा पक्राउ
सारांश
- अन्डरवर्ल्ड डन दाउद इब्राहिमका सहयोगी, शेख सलीम उर्फ सलीम पिस्टल, काठमाडौँमा पक्राउ परेका छन्।
- सलीमले भारतमा आपराधिक समूहलाई हतियार आपूर्ति गर्दै आएका थिए।
- नेपाल प्रहरीले सलीमलाई भारतीय प्रहरीलाई बुझाएको छ, जुन दुई देशबीचको समन्वय हो।
काठमाडौँ । ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमका एक सहयोगी नेपालमा पक्राउ परेका छन् । पाँच दिन अघि काठमाडौँबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतमा ‘मोस्ट वान्टेड’ रहेका शेख सलीम उर्फ सलीम पिस्टललाई पक्राउ गरिएको स्रोतले जनाएको छ । उनले भारतमा आपराधिक गतिविधिमा संलग्न विभिन्न समूहलाई हतियार आपूर्ति गर्दै आएको बताइन्छ ।
पहिचान लुकाएर काठमाडौँमा बस्दै आएका उनको बारेमा भारतीय प्रहरीले दिएको सूचनाका आधारमा नेपाल प्रहरीले कारबाही अघि बढाएको स्रोतको भनाइ छ । सलीमलाई नियन्त्रणमा लिएपछि नेपाल प्रहरीले नै भारतीय प्रहरीसमक्ष बुझाएको बताइएको छ ।
दुई देशबिच बेलाबखत यस प्रकारको समन्वयका आधारमा कारबाही हुने गरेको प्रहरी स्रोतको भनाइ छ ।
पक्राउ परेका सलीम भारतमा विभिन्न अपराधमा संलग्न रहेको भन्दै भारतीय मिडियाले उनी नेपालमा पक्राउ परेको समाचार प्रकाशन गरेका छन् । भारतीय मिडियाका अनुसार नेपाल प्रहरीले नियन्त्रणमा लिएर उनलाई भारतीय प्रहरीसमक्ष बुझाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण