देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा बढी खुसी म हुन्छु : गगन थापा
सारांश
- गगनकुमार थापाले केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालले राजनीतिबाट सन्यास लिए आफू खुसी हुने बताए।
- उनले उनीहरुलाई अवमूल्यन गरेको नभई सम्मान रहेको र उनीहरुको योगदानको कदर गरेको बताए।
- थापाले नेपाली राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा पुगेको र फोहोर जमेको पोखरी जस्तो भएको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिबाट सन्यास लिए सबैभन्दा बढी खुसी आफू हुने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित युवासँग जनप्रतिनिधि कार्यक्रममा महामन्त्री थापाले साे कुरा बताएका हुन् ।
उनीहरूलाई त्यो आफूले अवमूल्यन गरेर नभनेको समेत उनले बताए । ‘नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, एमालेको अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको दिनबाट नेपाली राजनीतिबाट हामी सन्यास लिन्छौं भनेर भन्नुभयो भने म सबैभन्दा खुसी मानिस हुन्थेँ,’ महामन्त्री थापाले भने, ‘अवमूल्यन गरेर भनेको होइन एकदमै ठुलो सम्मान छ उहाँहरूप्रति । उहाँहरूले नेपालमा ठुलो योगदान गर्नुभएको छ।’
उनले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको समेत बताए । नेपाली राजनीतिप्रति वितृष्णा पैदा भएको बताउँदै थापाले राजनीति फोहोर जमेको पोखरी जस्तो भएको बताए । ‘अहिले नेपाली राजनीतिप्रति वितृष्णा छ। यसको कारण भनेको नेपालको राजनीति फोहोर जमेको पोखरी जस्तो भएको छ,’ थापाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण