टिम डेविडको विस्फोटक ब्याटिङ, दक्षिण अफ्रिकाविरुद्ध अस्ट्रेलिया १७ रनले विजयी
सारांश
- अस्ट्रेलियाले टी-२० शृंखलाको पहिलो खेलमा दक्षिण अफ्रिकालाई १७ रनले पराजित गर्यो।
- अस्ट्रेलियाले १७९ रनको लक्ष्य दिएकोमा दक्षिण अफ्रिकाले १६१ रन मात्र बनायो, रायन रिकेल्टनले ७१ रन बनाए।
- टिम डेविडको ८३ रनको उत्कृष्ट पारीले अस्ट्रेलियाले १७८ रन बनायो, दोस्रो खेल अगस्ट १२ मा डार्विनमा हुनेछ।
काठमाडौँ । अस्ट्रेलियाले टी-२० शृंखलाको पहिलो खेलमा दक्षिण अफ्रिकालाई १७ रनले पराजित गरेको छ ।
यो जितसँगै अस्ट्रेलियाले आफ्नो अपराजित यात्रालाई लगातार नवौं खेलसम्म पुऱ्याएको छ । तीन खेलको शृंखलामा अस्ट्रेलियाले १-० को अग्रता लिएको हो ।
अस्ट्रेलियाको डार्विनमा भएको खेलमा १७९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६१ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनर रायन रिकेल्टनले ५५ बलमा ७१ रनको उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।
अन्य ब्याटरहरूले भने खासै योगदान दिन सकेनन् । अस्ट्रेलियाका लागि जोश हेजलवुड र बेन ड्वार्सिसले समान ३-३ विकेट लिए भने एडम जम्पाको नाममा २ विकेट रह्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया २० ओभरमा १७८ रन बनाएर अलआउट भयो । एक समय ७५ रनमा ६ विकेट गुमाएर टोली संकटमा परेको थियो । तर, टिम डेविडले उत्कृष्ट ब्याटिङ गर्दै स्कोर १५० पार गराए । उनले ५२ बलमा ४ चौका र ८ छक्कासहित ८३ रनको विस्फोटक पारी खेले ।
दक्षिण अफ्रिकाका लागि क्वेना मफाकाले ४ विकेट लिए भने कागिसो रबाडाले २ विकेट हात पारे ।
शृंखलाको दोस्रो खेल अगस्ट १२ मा डार्विन मैदानमै खेलिनेछ । यो मैदानमा पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय खेल आयोजना गरिएको हो । साथै १८ वर्षपछि यस मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट फर्किएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण