ताप्लेजुङ गोल्डकप : रेडस्टार झापा सेमिफाइनलमा
ताप्लेजुङ । ताप्लेजुङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा झापाको रेडस्टार फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । रेडस्टारले पोखराको सहारा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
झापाका लागि खेलको ७७औँ मिनेटमा सविनकुमार लुङ्गेलीले पहिलो गोल गरेका थिए । यस्तै खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत झापाकै सविनले दोस्रो गोल गर्दै आफ्नो टोलीलाई जित दिलाए ।
लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित उक्त प्रतियोगितामा सोमबार लेजेण्ड फुटबल एकेडेमी, सिलगुडी (भारत) र चर्च ब्वाइज ललितपुरबीच खेल हुने छ ।
शनिबार सम्पन्न उद्घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई पराजित गर्दै इटहरीले सेमिफाइनलको यात्रा तय गरिसकेको छ ।
प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार ८२ र उपविजेताले रु तीन लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण