मृतकका परिवारलाई प्रदेश सरकारले पाँच लाख सहयोग गर्ने
सारांश
- सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा झडपमा मृत्यु भएका व्यक्तिको परिवारलाई ५ लाख सहयोग गर्ने निर्णय गरेको छ।
- घाइते कैदीबन्दीको सरकारी खर्चमा उपचारको व्यवस्था मिलाइने र कारागारमा सुरक्षा व्यवस्था थप गरिनेछ।
- कारागार ऐनमा सुधार र क्षमताभन्दा बढी कैदीबन्दी राख्ने समस्या समाधानका लागि पहल गरिनेछ।
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा परी मृत्यु भएका धनगढीका भरत चौधरीको परिवारलाई रु पाँच लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
आइतबार साँझ मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा सुरक्षा समितिको बैठकले सो निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बैठकले कैलाली कारागारका कैदीबन्दीबिच भएको झडपका क्रममा घाइते भएकालाई सरकारी खर्चमा उपचारको व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ ।
यसै गरी कारागारभित्र होलोजन लाइट, सिसी क्यामरा जडान गर्ने, कारागारको मर्मत सम्भार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तत्काल सुरु गर्ने, कारागारको सुरक्षाका लागि आवश्यक उपकरण तथा साधनको व्यवस्थापन गर्ने निर्णय गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कारागार ऐनमा आवश्यक सुधारका लागि नेपाल सरकारसँग आग्रह गर्ने, क्षमताभन्दा बढी कैदीबन्दी राखिएको कारण सुरक्षा चुनौती देखिँदा यसको न्यूनीकरणका लागि कारागार विभागसँग समन्वय गर्ने, मन्त्रालय र कारागारले आपसमा समन्वय गरी कारागारभित्र कैदीबन्दीलाई मनोवैज्ञानिक परामर्शका साथै सकारात्मक सोचको विकास गर्ने कार्यक्रम सञ्चालन गर्नेलगायतका निर्णय गरिएको हो ।
बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्की, प्रदेशस्थित तीन वटै सुरक्षा निकायका प्रमुख, कैलालीका प्रमुख जिल्ला अधिकारी र कारागार शाखाका प्रमुख, राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीलगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण