रुकुम पश्चिममा शतप्रतिशत रोपाइँ
सारांश
- रुकुम पश्चिमका ६ वटै स्थानीय तहमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।
- यस वर्ष समयमै वर्षा भएकाले अघिल्लो आर्थिक वर्षको भन्दा १० देखि १५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको छ।
- कृषि विकास कार्यालयले सिँचाइ सुविधा विस्तार भएमा उत्पादन बढ्ने बताएको छ।
रुकुम पश्चिम । जिल्लाका ६ वटै स्थानीय तहका धान उत्पादन हुने क्षेत्रमा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । यहाँ जेठ अन्तिम सातादेखि रोपाइँ सुरु भएको थियो ।
जिल्लाका चौरजहारी, मुसिकोट र आठबिसकोट नगरपालिका तथा सानीभेरी, बाँफीकोट र त्रिवेणी गाउँपालिकामा धान खेती हुने गरेको कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ । यो वर्ष समयमा वर्षा हुनुका साथै मौसमले साथ दिएकाले समयमै रोपाइँ सकिएको कार्यालयका प्रमुख भरतबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार जिल्लामा तीन हजार ४८ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
यहाँ खुमल–४ र ६, राधा–४ सहित अन्य हाइब्रिड जातका धान खेती हुँदै आएको कार्यालय प्रमुख बस्नेतले बताए । यो वर्ष धान खेती हुने सबै खेतीयोग्य जग्गामा रोपाइँ गरिएकाले अघिल्लो आर्थिक वर्षको तुलनामा बढी उत्पादन हुने अपेक्षा गरिएको उनले उल्लेख गरे ।
सबै बाँझो जग्गामा धान खेती हुने हो भने खेतीयोग्य क्षेत्रफलसहित उत्पादनमा समेत वृद्धि हुने बस्नेतको भनाइ छ । खेतीयोग्य सबै क्षेत्रमा सिँचाइको सुविधा पुर्याउने लक्ष्यसहित कार्यालयले काम गरिरहेकाले सिँचाइ सुविधा विस्तार भएमा उत्पादन पनि बढ्ने उनले बताए ।
धान उत्पादनलाई बढाउन चैते धान खेतीमा जोड दिइएको बताउँदै योजनाअनुसार विस्तार गर्न नसकिएको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए । जिल्लामा गत वर्ष १२ हजार ९५५ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष समयमै वर्षात् हुनुका साथै धान खेतीमा किरा नदेखिएकाले गत वर्षभन्दा १० देखि १५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको उनले उल्लेख गरे ।
उत्पादन भएकोमध्ये केही चौरजहारी र आठबिसकोट नगरपालिकाबाट जिल्ला बाहिर बिक्री गरिँदै आइएको कृषि विकास कार्यालयले जनाएको छ । धानसहित खाद्यान्नमा रुकुम पश्चिम आत्मनिर्भर नरहेको कार्यालय प्रमुख बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण