स्वदेश फर्कियो नेपाली यू–२० महिला फुटबल टोली
सोमबार, २६ साउन २०८२, ११ : ०७
सारांश
- नेपाली यू-२० महिला फुटबल टोली एएफसी यू-२० महिला एसियन कप छनोट खेलेर स्वदेश फर्केको छ।
- समूह 'ए' को अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११-० ले पराजित भयो र समूह चरणमा दोस्रो भयो।
- छनोट प्रतियोगितामा नेपालले एक जित, एक बराबरी र एक खेलमा हार बेहोर्यो।
काठमाडौँ । नेपाली यू–२० महिला फुटबल टोली स्वदेश फर्किएको छ । एएफसी यु–२० महिला एसियन कप छनोट खेलेर नेपाली टोली घर फर्किएको हो ।
नेपाल आइतबार सम्पन्न समूह ‘ए’ को अन्तिम खेलमा उत्तर कोरियासँग ११–० ले पराजित हुँदै नेपाल समूह चरणमा दोस्रो भएको थियो ।
प्रतियोगितामा नेपालले एक जित, एक बराबरी र एक खेलमा पराजित भएको थियो । नेपाल पहिलो खेलमा भुटानसँग १–१ बराबरी खेलेको थियो ।
दोस्रो खेलमा साउदी अरबलाई १–० ले पराजित गरेको थियो । छनोटमा नेपालले ३ खेल खेलेर ४ अंक जोड्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण