कौसी थिएटरमा नाटक ‘कागताली’
सारांश
- टेकुस्थित कौसी थिएटरमा नाटक ‘कागताली’ मञ्चन भइरहेको छ, जसको लेखन तथा निर्देशन नवीन चन्द्र अर्यालले गरेका हुन्।
- यो नाटक साउन ३१ गतेसम्म मञ्चन हुनेछ, जसमा बास्ना तिमिल्सिना, रुपेश लामा लगायतका कलाकारको अभिनय रहेको छ।
- नाटक २०५० सालको दशकमा सेट गरिएको छ, जहाँ एक परिवारको सदस्यको रहस्यमय मृत्यु र त्यसपछिको रहस्यलाई देखाइएको छ।
काठमाडौँ । टेकुस्थित कौसी थिएटरमा नियमित नाटक ‘कागताली’ मञ्चन भइरहेको छ । नवीन चन्द्र अर्यालको लेखन तथा निर्देशन रहेको नाटक यही साउन ३१ गतेसम्म मञ्चन हुनेछ ।
निर्देशक अर्यालको यो निर्देशनमा डेब्यु नाटक हो । माउन्टेन र्याट्स मोसन पिक्चर्स, एक थिएटर नेपाल र कौसी थिएटरको संयुक्त प्रस्तुति रहेको नाटकमा बास्ना तिमिल्सिना, रुपेश लामा, सविन भट्टराई, सुजन पौडेल, जीवन दाहाल, अमृत कौचा, सुष्मा निरौला, दीपेन्द्र शाही, युबिना भट्टराई र आकृति बुढाथोकीको अभिनय देख्न सकिन्छ ।
नाटक २०५० सालको दशकमा सेट गरिएको छ । एक परिवार मिलेर कुनै उत्सव मनाइरहँदा एक सदस्यको रहस्यात्मक मृत्यु हुन्छ र त्यसपछिको रहस्य वरिपरि नै नाटक घुमेको छ । सविन भट्टराई र विष्णु राईको नाटकका सह–निर्देशन हुन् ।
७ गतेदेखि सुरु भएको नाटक मंगलबार बाहेक साताको प्रत्येक दिन साँझ ५ः ३० र शनिबार दिउँसो १ बजेको अतिरिक्त सो पनि हुने कौसी थिएटरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण