रुपन्देही अदालतमा रविको रिहाइ निवेदनमाथि बहस जारी
सारांश
- रुपन्देही कारागारमा रहेका रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका छन्।
- जिल्ला अदालत रुपन्देहीमा लामिछानेको रिहाइको माग गर्दै बहस जारी छ र आजै आदेश आउन सक्ने सम्भावना छ।
- लामिछाने सुप्रिम सहकारी ठगी अभियोगमा चैत २५ गतेदेखि पुर्पक्षका लागि थुनामा छन्, उनले जमानत बुझाएका छन्।
बुटवल । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमा सोमबार बहस जारी छ ।
न्यायाधीश नारायण सापकोटाको इजलासमा बहस भइरहेको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले जानकारी दिए । आज नै आदेश आउन सक्ने बताइएकाे छ ।
लामिछाने गत चैत २५ गतेदेखि बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका छन् । चैत २२ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो । त्यसअघि रुपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा छुटेका थिए ।
लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते निवेदन दिएका थिए । उनको निवेदनमा सुनुवाइका लागि आज पेसी तोकिएको थियो । लामिछाने बिगोबापतको २ करोड ७४ लाख ८४ हजार बैङ्क जमानत दाखिला गरिदिएको बताएका छन् ।
साउन १९ पछि लगातार दुई दिन पेशी तोकिए पनि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण