बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हिमालयन बैंकले नाफा १ अर्ब ५१ करोड, कस्ता छन् अरू सूचक?

मङ्गलबार, २७ साउन २०८२, १० : ०३
मङ्गलबार, २७ साउन २०८२

सारांश

  • हिमालयन बैंकले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ५१ करोड नाफा कमाएको छ।
  • बैंकको नाफा बढ्नुको मुख्य कारण इम्पेरमेन्ट चार्ज घट्नु हो, तर खुद ब्याज आम्दानी घटेको छ।
  • बैंकले लाभांश बाँड्न नसक्ने अवस्थामा छ किनभने वितरणयोग्य मुनाफा ऋणात्मक छ।

काठमाडौँ । हिमालयन बैंकले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ५१ करोड नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा सामान्य वृद्धि भएर सो बराबर पुगेको हो । अघिल्लो वर्ष बैंकले यही अवधिमा १ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको यस्तो नाफा २२.१५ प्रतिशत बढेको हो।

बैंकको नाफा बढ्नुमा इम्पेरमेन्ट चार्ज घट्नु मुख्य कारण देखिएको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ५ अर्ब २६ करोड रुपैयाँबाट घटेर १ अर्ब ५३ करोड रुपैयाँमा झरेको छ। एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेर १० अर्ब ४५ करोडमा झरेको छ । गत वर्ष यस्तो आम्दानी ११ अर्ब ६१ करोड रहेको थियो । शुल्क तथा कमिसनतर्फको आम्दानीमा भने सामाइन वृद्धि भई १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । 

२१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १६ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ। यस अनुसार बैंकको प्रतिशेयर नेटवर्थ १७५.०७ रुपैयाँ बराबर हुन आउँछ । असार मसान्तसम्ममा बैंकले ३ खर्ब ९ अर्ब १५ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। 

बैंकको नाफा सकारात्मक भए पनि उठ्नुपर्ने ब्याजबापत नियामकीय समायोजनमा छुट्याउनुपर्ने रकम तथा अन्य रिजर्भका कारणले लाभांश बाँड्न नसक्ने अवस्थामा छ । बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ जुन प्रतिशेयर आम्दानी ३२.७९ रुपैयाँ ऋणात्मक हो ।

असार मसान्तमा बैंकको पुँजीकोष अनुपात ११.६४ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ७.२८ प्रतिशत, कस्ट अफ फण्ड ४.८४ प्रतिशत, बेसरेट ६.६३ प्रतिशत एवं ब्याजको स्प्रेडदर ३.२९ प्रतिशत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप