लागूऔषध कार्टेलका २६ प्रमुखलाई मेक्सिकोले अमेरिकालाई सुम्पियो
सारांश
- मेक्सिकोले लागूऔषध कार्टेलका २६ जना प्रमुख अपराधीहरूलाई अमेरिकालाई सुम्पेको छ।
- यो कदम ट्रम्प प्रशासनसँगको सम्झौताअन्तर्गत चालिएको थियो, जसमा लागूऔषध तस्करी र हत्याको आरोप लागेको छ।
- सुम्पिएका व्यक्तिहरूमा लस कुइनिस गिरोहकी नेता अबिगेल गोन्जालेज भ्यालेन्सिया पनि समावेश छिन्।
न्यूयोर्क । ठुलो सुरक्षा अभियान अन्तर्गत मेक्सिकोले कुख्यात लागूऔषध कार्टेलका २६ प्रमुख र अपराधीहरूलाई अमेरिकालाई सुम्पेको छ ।
ट्रम्प प्रशासनसँगको सम्झौता अन्तर्गत यो कदम चालिएको हो । यी सबैमाथि लागूऔषध तस्करी, हत्या र अन्य गम्भीर अपराधको आरोप लागेको छ । लागूऔषध सञ्जाललाई भत्काउने दिशामा यो एउटा प्रमुख कदम भएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
स्रोतहरूका अनुसार, अमेरिकालाई सुम्पिएकाहरूमा लस कुइनिस गिरोहकी नेता अबिगेल गोन्जालेज भ्यालेन्सिया पनि समावेश छन् । यो गिरोह मेक्सिकोको सबैभन्दा खतरनाक कार्टेल, जलिस्को न्यू जेनेरेसन कार्टेल (सीजेएनजी)सँग जोडिएको छ ।
अर्का अभियुक्त रोबर्टाे सालाजारमाथि २००८ मा लस एन्जलस काउन्टी शेरिफको डेपुटीको हत्या गरेको आरोप छ । अमेरिकी न्याय मन्त्रालयले यी घटनाहरूमा मृत्युदण्डको सजाय नचाहिने आश्वासन दिएको छ ।
मेक्सिकोले यति ठुलो मात्रामा कार्टेलका प्रमुख र अपराधीहरू अमेरिकालाई सुम्पेको यो पहिलो पटक भने होइन । यही वर्षको फेब्रुअरीमा पनि मेक्सिकोले २९ जना अपराधी अमेरिकालाई सुम्पेको थियो, जसमा कुख्यात लागूऔषध माफिया राफेल कारो क्विन्टेरो पनि समावेश थिए ।
त्यतिबेला ट्रम्प प्रशासनको दबाबमा यो कारबाही गरिएको थियो । मेक्सिकन आयातमा २५ प्रतिशत ट्यारिफ लगाउने तयारी गरेर ट्रम्पले मेक्सिकोमाथि दबाब दिएका थिए । हालै ट्रम्प र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमबीचको वार्तापछि ९० दिनको लागि ३० प्रतिशत कर स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण