अपडेट
उच्च अदालतका २७ जना न्यायाधीशले लिए शपथ
बुधबार, २८ साउन २०८२, १२ : ०९
सारांश
- उच्च अदालतमा सिफारिस भएका २७ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्।
- बुधबार प्रधानन्यायाधीशको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश समक्ष शपथ लिए।
- जिल्ला न्यायाधीश, कानुन व्यवसायी र न्याय सेवाबाट सिफारिस भएका न्यायाधीशहरूले शपथ लिए।
काठमाडौँ । उच्च अदालतमा सिफारिस भएका २७ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंहको उपस्थितिमा उनीहरूले उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरसमक्ष शपथ लिएका हुन् ।
जिल्ला न्यायाधीशबाट १६ जना उच्चका लागि सिफारिसमा परेका थिए भने कानुन व्यवसायीबाट ६ जनाको नाम सिफारिसमा परेका थिए ।
न्याय सेवाबाट ५ जनाको नाम नियुक्तिका लागि सिफारिस भएका थिए । अब उनीहरू एक महिना तालिम लिएर त्यसपछि मात्र कार्यक्षेत्रमा खटिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण