भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
सारांश
- भक्तपुर मालपोतका प्रमुख र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
- उनीहरुले जग्गाको मोही लगत कट्टा गरी जग्गा धनी पुर्जा बनाइदिने भन्दै २४ लाख ५० हजार घुस मागेका थिए।
- अख्तियारले आचार्य र राउतलाई घुस रकमसहित नियन्त्रणमा लिएर विशेष अदालतमा मुद्दा दायर गरेको हो।
काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर, चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पुर्जा बनाउने नाममा २४ लाख ५० हजार घुस मागेको आरोपमा मालपोत अधिकृत कुमार आचार्य र टिकाराम राउतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्यको मोबाइल डिभाइस र कार्यालय सहयोगी टिकाराम राउतको साथबाट मोबाइल डिभाइस एवं घुस/रिसवत रकम २४ लाख पचास हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा प्रमुख मालपोत अधिकृत आचार्य र कार्यालय सहयोगी राउतसमेतको मिलेमतो र योजनामा सेवाग्राहीसँग भक्तपुरको साबिक चाँगुनारायण गाविस-५ ख मा क्षेत्रफल १४-४-०-० जग्गाको मोही बाँडफाँड/नामसारीका लागि सहजीकरण गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा बनाइदिने भनेर उक्त घुस लिएको पुष्टि भएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण