राप्रपाको गुटगत विवाद युवा संगठनको अधिवेशनमा पनि देखियो
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको गुटगत विवाद युवा संगठनको काठमाडौं अधिवेशनमा देखिएको छ।
- अधिवेशनमा दुई पक्षबीचको विवाद बढ्दै जाँदा प्रहरी परिचालन गरिएको छ र तनावको स्थिति सिर्जना भएको छ।
- राजेन्द्र लिङ्देन र धवलशमशेर राणा पक्षबीचको विवादका कारण ज्योति लामालाई अध्यक्ष घोषणा गर्दा झडपको स्थिति आएको हो।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा गुटगत विवाद बढिरहेको बेला त्यसको असर पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौँ जिल्ला अधिवेशनमा पनि देखिएको छ ।
बुधबार राजधानीको एसआर पार्टी प्यालेसमा सुरु भएको अधिवेशनमा दुईपक्षीय विवाद देखिएको हो । विवाद बढ्दै तनावकै स्थिति बनेसँगै अहिले बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणा समूहबिच तीव्र विवाद छ । विवादकै बिच काठमाडौँको अधिवेशन हुँदै गर्दा राणा पक्षले ज्योति लामालाई अध्यक्ष घोषणा गरेपछि तनावको अवस्था निम्तिएको एक नेताले बताए ।
ती नेताका अनुसार लिङ्देन पक्षले एकपक्षीय रूपमा निर्वाचन समिति घोषणा गर्यो भने लगत्तै राणा पक्षले पनि होहल्ला गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा विधि नमानेको आरोप लगाए । लगत्तै उपस्थित प्रतिनिधिले राणा पक्षका ज्योति लामालाई अध्यक्ष घोषणा गरेको हो।
त्यसपछि लिङ्देनले विवाद भएकाले अधिवेशन नै नहुने भनेर हिँडेको ती नेताको भनाइ छ । अहिले पनि दुई पक्षबिच तनावकै अवस्था रहेकाले सम्भावित झडपलाई मध्यनजर गर्दै प्रहरी परिचालन गरिएको बताइएको छ । ती नेताका अनुसार लिङ्देनले अमित ठकुरीलाई अध्यक्ष बनाउन चाहेका थिए । अहिले उनी नै सो संगठनको संयोजक छन् ।
_w2YZ0FLkrd.jpg)
_DNan7LgcuU.jpg)
_6Zxf5xeEHZ.jpg)
_kWbBjBorr0.jpg)
_G8EZJBBeS1.jpg)
_0xTHAY0Y1X.jpg)
_P25TfT8R09.jpg)
_47furb1nuo.jpg)
_x5mmpBMEhn.jpg)
_orHlWVicUl.jpg)
_cX5A02q7wc.jpg)
_DEed7pwvCb.jpg)
_KLjr75ZK8d.jpg)
_IFp2qoY5L9.jpg)
_UbnaQZw4ap.jpg)
_gAJbYu2E3c.jpg)
_hDqxi7l95z.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण