अपडेट
सेफ्टी ट्याङ्कीभित्र दुई जनाको शव फेला
बुधबार, २८ साउन २०८२, १४ : ०६
सारांश
- सुनसरीको दुहबी नगरपालिकामा निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीमा दुई जनाको शव फेला परेको छ।
- मृत्यु हुनेमा घर बनाउँदै गरेका ठेकेदार र एक कामदार रहेका छन्।
- प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ र शव परीक्षणका लागि धरान लगिएको छ।
विराटनगर । सुनसरीको दुहबी नगरपालिका ४ शिवमन्दिर चोकमा रहेको एक नयाँ घरको सेफ्टी ट्याङ्कीभित्र दुई जनाको शव फेला परेको छ ।
बुधबार बिहान १० बजेको समयमा सोही ठाउँका चन्द्रिका रौनियारले बनाउँदै गरेको नयाँ घरको सेफ्टी ट्यांकी भित्र दुहबी २ का ५० वर्षीय श्यामबहादुर तामाङ र सोही ठाउँका ३२ वर्षीय रमेश राईको शव फेला परेको हो ।
प्रहरीका अनुसार मृतक तामाङ बनाउँदै घरको ठेकेदार हुन् भने राई कामदार हुन् । दुवै जनाको शव विपी कोइराला स्बास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण