विवादित विधेयक सदनमा नल्याउन सरकारलाई माओवादी केन्द्रको आग्रह
सारांश
- सांसद देवेन्द्र पौडेलले विवादित विधेयकहरू संसद्मा नल्याउन सरकारसँग आग्रह गरेका छन्।
- उनले भूमि, मिडिया काउन्सिल, निजामती र मुलुकी संहितासम्बन्धी विधेयकहरू विवादास्पद रहेको बताए।
- पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि धोका, छलछाम र षड्यन्त्र गर्न नहुने कुरामा जोड दिए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विवादित विधेयकहरू संसद्मा नल्याउन सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै पौडेलले भूमि विधेयक, मिडिया काउन्सिल विधेयक, सङ्घीय निजामती विधेयक तथा मुलुकी संहितासम्बन्धी विधेयक विवादास्पद रहेको उल्लेख गर्दै यस्ता प्रस्तावले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि षड्यन्त्र हुने बताएका हुन् ।
उनले भने, ‘भूमि विधेयक विवादमा पर्यो । मिडिया काउन्सिल विधेयक पनि त्यस्तै छ । सङ्घीय निजामती विधेयकको त कुरै न गरौँ । फेरि मुलुकी संहिता सम्बन्धित विवादित भएर ल्याइँदैछ भन्ने सूचना आएको छ । सहिदको बलिदानमा लतपतिएर आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि धोका, छलछाम र षड्यन्त्र गर्न पाइँदैन सभामुख महोदय । नागरिकको गोपनीयतामाथि गम्भीर आघात पुग्ने गरी फोन कल, म्यासेज, संवादलाई समेत ट्यापिङ हुने गरी आउन लागिएको राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी विधेयक किन ल्याउन खोजिएको सम्माननीय सभामुख महोदय । यस्ता खालका विवादित नल्याउनका लागि सरकारसमक्ष हार्दिक अनुरोध गर्न चाहन्छु ।’
उनले कानुन निर्माणमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण