नेपालमा योग्य मान्छेहरूको अभाव भइसक्यो : पूर्वअर्थमन्त्री महत
सारांश
- पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा योग्य मान्छेहरूको अभाव भएको बताए।
- उनले सार्वजनिक पद धारण गर्न तीन महिना अघि नै विदेशी पीआर छाड्नुपर्ने व्यवस्था ठिक नभएको बताए।
- महतले तीन महिना अगावै पीआर छाडेर आउनेलाई कामको ग्यारेन्टी सरकारले गर्नुपर्ने बताए।
काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेस सांसद डा. प्रकाशशरण महतले नेपालमा योग्य मान्छेहरूको अभाव भएको बताएका छन् । बुधवार अर्थ समितिको बैठकमा बोल्दै महतले नेपालमा योग्य मान्छेहरूको अभाव भइसकेकाले गम्भीर हुनुपर्ने बेला आएको बताएका हुन् ।
पूर्वअर्थमन्त्री समेत रहेका महतले भने, ‘हामीले धेरै कुरा भावनामा बगेर गरेका छौँ । यो पीआर हुने बित्तिकै नेपालमा जागिर खान तीन महिना अघि नै छाड्नुपर्ने यी सबै बकवास हुन् । इन्डियामा रघुरमन गभर्नर थिए । उनीसँग अमेरिकाको पिआर नै थियो । उनले गभर्नर छाडेपछि फेरि अमेरिका पढाउन गए । पीआर भनेको केही होइन । पीआर भनेको त्यहाँको काम गर्न दिइएको सुविधा हो । त्यो भन्दा अरू केही पनि होइन । त्यहाँको नागरिकता होइन त्यो । त्यहाँको नागरिक बनिने होइन । त्यहाँ कुनै राजनीतिक अधिकार हुँदैन । तर पनि हामीले यसलाई पहाड जस्तै ठान्यौँ ।’
उनले सार्वजनिक पद धारण गर्न तीन महिना अघि नै विदेशी पीआर छाडिसक्नुपर्ने व्यवस्था ठिक नभएको बताए। महतका अनुसार तीन महिना अगावै नेपालमा पीआर छाडेर आउनेलाई कामको ग्यारेन्टी नेपाल सरकारले गर्न सक्नुपर्छ । काम पनि नभए यत्तिकै मान्छे पीआर छाडेर आउन तयार नहुने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण