मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

ब्राजिलको एक कारखानामा विस्फोट हुँदा ९ जनाको मृत्यु

बुधबार, २८ साउन २०८२, १६ : ५८
बुधबार, २८ साउन २०८२

सारांश

  • ब्राजिलको एक विस्फोटक पदार्थ कारखानामा भएको विस्फोटमा नौ जनाको मृत्यु भएको छ।
  • विस्फोटको कारण १.५ किलोमिटर वरपरका भवनहरूमा क्षति पुगेको छ।
  • घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ, र सात घाइतेलाई उद्धार गरिएको छ।

रियो दि जेनेरियो । ब्राजिलका अधिकारीहरूले दक्षिणी ब्राजिलको एक विस्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा भएको विस्फोटमा छ जना पुरुष र तीन जना महिलासहित नौ जनाको मृत्यु भएको जनाएका छन् ।

अग्नि नियन्त्रण विभागका प्रवक्ताले पराना राज्यको राजधानी कुरिटिबामा भएको  विस्फोटको कारण लगभग १.५ किलोमिटर वरपर सम्मका भवनहरू क्षतिग्रस्त भएको बताएका छन् ।

ब्राजिलका अधिकारीहरूले अझै अनुसन्धान भइरहेकोले घटनाको कारण थाहा भइनसकेको बताएका छन् । सार्वजनिक सुरक्षा राज्यमन्त्री कर्नल हडसन लियोन्सियो टेक्सेराले पत्रकारहरूलाई घटनाको क्रममा कारखानामा रहेका नौ जनामध्ये सबैको मृत्यु भएको बताएका छन् ।

भग्नावशेषबाट सात जना घाइतेलाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप