रेशम पक्ष आन्तरिक छलफलमा, रञ्जिताको ध्यान उपनिर्वाचनमा
सारांश
- निर्वाचन आयोगले लालवीर चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षको मान्यता दिएन।
- रेशम चौधरी पक्षका बहुमत सदस्यहरूको निर्णयलाई आयोगले अस्वीकार गर्यो, र रञ्जिता श्रेष्ठलाई नै अध्यक्ष कायम राख्यो।
- आयोगको निर्णयपछि, पार्टीका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् र उपनिर्वाचनमा ध्यान केन्द्रित गर्ने तयारी छ।
काठमाडौँ । निर्वाचन आयोगले पार्टीको अध्यक्षमा लालवीर चौधरीलाई मान्यता नदिएपछि नागरिक उन्मुक्तिका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।
रेशम चौधरी पक्षका बहुमत केन्द्रीय सदस्यको बैठकले आयोजना गरेको राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएर लालवीरलाई बनाएका थिए । र उक्त निर्णय निर्वाचन आयोगमा दिए पनि आयोगले त्यसलाई मान्यता नदिई श्रेष्ठलाई नै कायम राख्न भन्यो ।
मंगलबार अबेर आयोगले चौधरीलाई अध्यक्षका रूपमा मान्यता नदिई श्रेष्ठलाई नै कायम राख्न भनेको थियो । आयोगको उक्त निर्णयपछि चौधरीलाई अध्यक्ष बनाउन लागिपरेका बहुमत केन्द्रीय सदस्यहरू आन्तरिक छलफलमा जुटेका हुन् ।
आयोगकी प्रवक्ता निकिता पोखरेल अर्यालले आयोगको बोर्ड बैठकले लालवीरलाई अध्यक्षमा मान्यता नदिएको जानकारी दिएकी हुन् । पार्टीको विधान, निर्णयहरू अध्ययन गर्दा लालवीरलाई अध्यक्षको मान्यता दिन मुनासिव नदेखिएको उनको भनाइ छ । 'आयोगले लालवीर चौधरीलाई पत्र पठाइसकेको छ, बोधार्थ रञ्जितालाई पनि पठाएको छ,' उनले भनिन् ।
लालवीरलाईं अध्यक्ष चयन गरेको पत्र निर्वाचन आयोगमा गएपछि श्रेष्ठले पनि निवेदन दर्ता गराएकी थिइन् । विधानविपरीत लालवीरलाई अध्यक्ष बनाए पनि आफू नै हुनुपर्ने दाबीसहित उनले आयोगमा निवेदन दिएकी थिइन् । अन्ततः आयोगले लालवीरलाई अध्यक्षको मान्यता दिएन ।
पत्रबारे प्रवक्ता अर्यालले भनिन्, ‘पत्रमा के छ, त्यो हामीले भन्न मिल्दैन, उतै सोध्नुस् ।’ त्यस्तै श्रेष्ठले पनि पत्रबारे आयोगसँग नै बुझ्न भनिन् ।
पार्टीका नेता रामलाल डगौराले आयोगले गरेको निर्णयबारे पार्टीमा आन्तरिक छलफल भइरहेको बताएका छन् । र श्रेष्ठ पनि पार्टीका असन्तुष्ट पक्षको कुरा सुनेर अगाडि बढ्ने तयारीमा छिन् । भनिन्, ‘पार्टी अब एक ढिक्का भएर अगाडि बढ्छ ।’
सबैको साझा संवाद र छलफलबाट पार्टी अगाडि बढाउन आफू तयार रहेको बताएकी उनले रुपन्देही–३ को उपनिर्वाचनमा पार्टी केन्द्रित हुने जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण