शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
धरान उपमहानगर

एमालेको असहमतिले धरानमा बजेटको सिलिङ तोकिएन, बैठक भोलिका लागि सर्‍यो

बुधबार, २८ साउन २०८२, २० : ०४
बुधबार, २८ साउन २०८२

काठमाडौँ । धरान उपमहानगरपालिकामा बुधबार तोकिनुपर्ने बजेटको सिलिङ कार्यपालिकाको सबैभन्दा ठुलो दल नेकपा एमालेको असहमतिपछि स्थगित भएको छ । 

बजेटका केही शब्दमा चित्त नबुझेको भन्दै एमालेले थप समय मागेपछि सिलिङ तोक्ने बैठक भोलि बिहीबारका लागि सारिएको हो ।

उपमहानगरपालिकाका प्रवक्ता मनोजकुमार भट्टराईले आज सिलिङ टुङ्ग्याउने तयारी भए पनि एमालेका कारण सम्भव नभएको जानकारी दिए । 

‘आज हुन्छ भन्ने कुरो थियो, तर एमालेका साथीहरूले अलिकति समय माग्नुभयो र बैठक भोलिलाई सर्‍यो,’ प्रवक्ता भट्टराईले भने । ‘समग्र सिलिङमा नभई केही शब्द र अंशमा उहाँहरूको असहमति रहेछ ।’

उनका अनुसार यो ढिलाइमा मेयर हर्क साम्पाङको कुनै भूमिका नरहेको र दलहरूबिच नै सहमति जुट्न नसकेको हो । 

यसअघि बजेट प्रक्रिया सुरु गर्न ढिलाइ भएपछि मेयर हर्क साम्पाङले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको ‘अवशिष्ट अधिकार’ प्रयोग गरेर भए पनि बजेट ल्याउने चेतावनी दिएका थिए । 

धरान उपमहानगरको ३० सदस्यीय कार्यपालिकामा नेकपा (एमाले) स्पष्ट बहुमतमा छ । एमालेसँग  १८, नेपाली काँग्रेस ७, नेकपा माओवादी केन्द्रसँग उपप्रमुख सहित २,  राप्रपासँग २ सदस्य र मेयर हर्क साम्पाङ एक स्वतन्त्र छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप