बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

उत्पादकत्व बढाउन किसानलाई नगद अनुदान

बिहीबार, २९ साउन २०८२, ०७ : ४०
बिहीबार, २९ साउन २०८२

सारांश

  • धार्चे गाउँपालिकाले किसानलाई उत्पादन बढाउन नगद अनुदान दिएको छ।
  • गत आर्थिक वर्षमा पालिकाले उत्पादनका आधारमा रु चार लाख ६७ हजार ५०० अनुदान वितरण गरेको जनाएको छ।
  • अनुदान कार्यक्रममा पाँच कृषि समूह, फलफूल तथा पशुपन्छी फार्म र १० जना किसानलाई समावेश गरिएको थियो।

गोरखा । उत्पादकत्व बढाउन धार्चे गाउँपालिकाले किसानलाई नगद अनुदानको व्यवस्था गरेको छ । साथै पालिकाले उत्पादनका आधारमा गत आर्थिक वर्षमा  रु चार लाख ६७ हजार ५०० अनुदान वितरण गरेको जनाएको छ । 

गाउँपालिकाको कृषि शाखाप्रमुख अनिल नेपालीका अनुसार उत्पादनका आधारमा व्यक्तिगत एवं समूहगत रूपमा किसानलाई अनुदान वितरण गरिएको हो । अन्न उत्पादन, नगदेबाली, पशुपालन एवं फलफूलखेती गर्नेलाई अनुदान उपलब्ध गराइएको हो । 

नगद अनुदान कार्यक्रमका लागि पाँच कृषि समूह, फलफूल तथा पशुपन्छी फार्म र १० जना किसानलाई प्रदान गरिएको हो । 

अनुदान पाएका किसानले डल्ले खुर्सानी, ड्रागन फ्रुट,  मौरीपालन, केराखेती, आलु तथा सुन्तलाखेती गरेका थिए । पालिकाले रु नौ हजारदेखि रु ५१ हजारसम्म अनुदान प्रदान गरेको छ । 

पालिकाले अन्य किसानलाई पनि कृषि कर्ममा अभिप्रेरित गर्न अनुदानको व्यवस्था गरिएको बताउँदै उत्पादकत्व वृद्धिका कार्यक्रममा लाग्न शाखाप्रमुख नेपालीले पालिकाका सबै किसानलाई अनुरोध गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप