नेपालले अस्ट्रेलियामा थप पाँच खेलको सिरिज खेल्ने
बिहीबार, २९ साउन २०८२, १० : ४५
सारांश
- नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा टी-ट्वान्टी सिरिज लगत्तै अर्को सिरिज खेल्ने भएको छ।
- नेपालले आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप एसिया छनोटको तयारी स्वरूप सिरिज खेल्ने छ।
- नेपालले अगस्ट २६ देखि ३० सम्म क्रिकेट एसीटी र साउथ अस्ट्रेलियासँग टी-ट्वान्टी सिरिज खेल्ने छ।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा टप एन्ड टी–ट्वान्टी सिरिज सकिएलगत्तै अर्काे सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपालले आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारी स्वरूप अर्को सिरिज खेल्ने भएको हो ।
नेपालले अगस्ट २६ देखि ३० सम्म (भदौ १० देखि १४) सम्म क्रिकेट एसीटी र साउथ अस्ट्रेलियासँग पाँच खेलको टी–ट्वान्टी सिरिज खेल्ने छ । नेपालले भदौ १० मा एसीटीसँग पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाली टोली अहिले अस्ट्रेलियामा टप एन्ड टी–ट्वान्टी सिरिजका लागि रहेको छ ।
नेपालले सिरिज अन्तर्गत भोलि (शुक्रबार) नर्थन ट्रेटोरीसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण