कर्मचारी प्रशासन
तीन जिल्ला प्रमुख जिल्ला अधिकारीविहीन
बिहीबार, २९ साउन २०८२, ११ : ११
सारांश
- बुधबारबाट भक्तपुर, ललितपुर र दाङ जिल्ला प्रमुख जिल्ला अधिकारीविहीन भएका छन्।
- ललितपुरका रमेश ढकाल र भक्तपुरका भरतमणि पाण्डेलाई गृह मन्त्रालयबाट अन्यत्र सरुवा गरिएको छ।
- दाङका कृष्णप्रसाद लम्साललाई कैलालीको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।
काठमाडौँ । बुधबारबाट तीन जिल्ला प्रमुख जिल्ला अधिकारीविहीन भएका छन् । भक्तपुर, ललितपुर र दाङ प्रमुख जिल्ला अधिकारीविहीन भएका हुन् ।
ललितपुर प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई साउन २६ गतेको मन्त्रिपरिषद्ले गृह मन्त्रालयभन्दा बाहिर सरुवा गरेको छ । सरुवा गरेको निर्णय साउन २८ गते बुधबार सार्वजनिक भएको हो ।
पाण्डेलाई अर्थ मन्त्रालय र ढकाललाई गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई गृहमन्त्री रमेश लेखकले मन्त्रिस्तरीय निर्णयबाट बुधबार कैलालीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण