सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

महाकालीमा पानीको प्रवाह बढेपछि सवारी सञ्चालनमा रोक

बिहीबार, २९ साउन २०८२, १२ : १४
बिहीबार, २९ साउन २०८२

सारांश

  • अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ।
  • शारदा ब्यारेज पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
  • नेपाल-भारत सीमाको बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन आवतजावत बन्द गरिएको छ।

कञ्चनपुर । सुदूरपश्चिममा गएरातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको प्रवाह बढेको छ । पानीको प्रवाह बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

आज बिहान ११ बजेसम्म्ममा पानीको प्रवाह एक लाख २६ हजार ७१२ क्यूसेक मापन भएको छ । जिल्ला प्रहरीका प्रवक्ता सागर बोहराले वर्षा भइरहेकाले पानीको प्रवाह अझै बढ्न सक्ने बताए । 

उनकाअनुसार नेपाल भारत सीमामा रहेको बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन आवतजावतमा रोक लगाइएको हो । दुई पाङ्ग्रे सवारी साधन र मानिस आवतजावत चालु रहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप