मन्त्रिपरिषद् बैठक
सरकारले बढायो वर्षे धानको न्यूनतम समर्थन मूल्य
बिहीबार, २९ साउन २०८२, १२ : २०
सारांश
- सरकारले आर्थिक वर्षको लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ।
- मन्त्रिपरिषद् बैठकले मोटा धानको ३ हजार ४६३ र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ प्रतिक्विन्टल तोकेको हो।
- गत वर्षको तुलनामा मूल्य वृद्धि भएको छ।
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बैठकले मोटा धानको ३ हजार ४६३ रुपैयाँ प्रतिक्विन्टल र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ प्रतिक्विन्टल न्यूनतम समर्थन मूल्य तोकेको हो ।
गत वर्ष वर्षे धानको लागि मोटा धानको ३ हजार ४१० र मध्यम धानको ३ हजार ५८० रुपैयाँ तोकेको थियो । यसअघि सरकारले फागुन २९ गते चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो ।
जसअनुसार १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा तोकिएको थियो ।
यस्तै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानका हकमा भने १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २ सय ग्रामका दरले हुन आउने तौल घटाइ हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण