कञ्चनपुरमा एक महिला मृत फेला
बिहीबार, २९ साउन २०८२, १३ : २२
सारांश
- कञ्चनपुरको बेलौरी नगरपालिकामा एक महिला मृत फेला परेकी छिन्।
- मृतक महिला ४२ वर्षिया बिन्दु चौधरी थिइन्, जो केही समयदेखि अस्वस्थ थिइन्।
- प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ र शव पोस्टमार्टमको लागि पठाइएको छ।
कञ्चनपुर । कञ्चनपुरमा एक महिला मृत फेला परेकी छिन् । आज बिहान बेलौरी नगरपालिका ७ र ८ को सिमानामा पर्ने खप्टीनाला नजिकै बेलौरी नगरपालिका ८ की ४२ वर्षिया बिन्दु चौधरी मृत फेला परेकी हुन्।
मृत फेला परेकी महिला चौधरी रहेको इप्रका बेलौरीले जनाएको छ। प्रहरीका अनुसार बिन्दु केही समयदेखि अस्वस्थ थिइन् । यो समस्या देखिएपछि परिवारले उनलाई बेलौरीको बुटाबारीमा फुपूको घरमा झारफुकका लागि एक साताअघि पठाएको थियो।
उनी हिजो मात्रै त्यहाँबाट फर्किएकी थिइन्। बेलौरीमा ओर्लिएपछि उनी सम्पर्कविहीन भएकी थिइन् । परिवारले आज बिहान उनलाई मृत फेला पारेको प्रहरीको भनाई छ। हाल उनको शव पोस्टमार्टमको लागि श्रीपुर स्वास्थ्य चौकीमा राखिएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण