कानुन र विकास निर्माणका सवालमा पक्ष प्रतिपक्ष हुनुहुँदैन : सुनिता बराल
सारांश
- एमाले सांसद सुनिता बरालले प्रतिपक्षको कार्यशैलीप्रति कटाक्ष गर्दै लोकप्रियतावादको विषय उठाएकी छिन्।
- सांसद बरालले प्रधानमन्त्री र मन्त्रीको जवाफमा प्रतिपक्षले हावादारी तर्क गरेको आरोप लगाइन्।
- बरालले राजनीतिक संस्कारको विकास र साझा सवालमा एकीकृत हुनुपर्नेमा जोड दिइन्।
काठमाडौँ । एमाले सांसद सुनिता बरालले प्रतिपक्ष दलले लोकप्रियतावाद, अतिवाद, शङ्का र घृणाका विषय मात्र उत्खनन गर्ने गरेको भन्दै प्रतिपक्षको कटाक्ष गरेकी छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद बरालले सम्मानित सदनमा प्रधानमन्त्री र मन्त्रीले दिएका जवाफमा प्रतिप्रश्न गर्ने र हावादारी गफ दिएर जानुभयो भन्ने तहसम्मका तर्क प्रतिपक्षबाट हुँदै जाँदा गणतन्त्रको विषय कहाँ पुग्छ भन्दै प्रश्न गरेकी हुन् ।
उनले प्रतिपक्षलाई लोकप्रियताका लागि त्यस्ता कुरा नगर्न सभामुखमार्फत ध्यानाकर्षण गराइन् । बराल अघि माओवादी सांसद रेखा शर्माले प्रधानमन्त्रीलाई अपराध संहिता पढ्न सुझाव दिएकी थिइन् ।
‘आज हामी राजनीतिक दलहरू नीतिका आधारमा प्रतिस्पर्धा गर्ने ठाउँमा कहाँ छौ ? हामी सहमति निर्माण र संवादलाई राजनीतिक अभ्यासको केन्द्र बनाउनुपर्छ भन्ने कुरामा कहाँ छौ ? र राजनीतिक संस्कार विकास गर्दै राष्ट्रिय राजनीतिका विषयहरूमा एकीकृत हुनुपर्छ भन्ने सन्दर्भमा कहाँ छौँ ?’, बरालको प्रश्न छ । कानुन निर्माण र विकास निर्माणका सवालमा पक्ष प्रतिपक्ष भएर मात्र समृद्ध नेपालको कल्पना पुरा हुन नसक्ने भन्दै साझा सवालमा एकीकृत हुनुपर्ने बरालको धारणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण