बफिन्स ९८को 'बरबरी आँसु' बोलको सार्वजनिक
शुक्रबार, ३० साउन २०८२, ०८ : ५४
सारांश
- बफिन्स ९८ को 'बरबरी आँसु' बोलको गीत सार्वजनिक भएको छ, जसले नेपाली युवाको कारुणिक कथालाई समेटेको छ।
- गीतले रोजगारीका लागि विदेशिएका नेपाली युवाको पीडा र त्यसको परिणामलाई प्रस्तुत गरेको छ।
- सञ्जीव गुरुङको स्वर रहेको यस गीतको लेखन, निर्देशन र सम्पादन जीवन भट्टराईले गरेका हुन्।
काठमाडौँ । साङ्गीतिक समूह बफिन्स ९८को 'बरबरी आँसु' बोलको गीत सार्वजनिक भएको छ। यस गीतले हजारौँ नेपाली युवाको कारुणिक कथालाई समेटेको छ। रोजगारीका लागि बिदेसिएका नेपाली युवाले भोगेको पीडा र त्यसको भयावह परिणामलाई यस गीतको म्युजिक भिडियोले जीवन्त रूपमा प्रस्तुत गरेको छ।
गरिबी, अशिक्षा र बेरोजगारीको चपेटामा परेका नेपाली युवाहरू आफ्ना साना सपना पूरा गर्न, परिवारको पेट पाल्न र सुनौलो भविष्यको खोजीमा परदेश जान बाध्य भएको कथा समेत भिडियोमा छ ।
पछिल्लो साढे दुई दशकदेखि देशभक्तिपूर्ण गीत सङ्गीतका लागि परिचित बफिन्स ९८ समूहले यस गीतको निर्माण गरेको हो। सञ्जीव गुरुङको स्वर रहेको यो गीतको लेखन, भिडियो निर्देशन र सम्पादन जीवन भट्टराई 'भाइ'ले गरेका छन्। यस गीतको छायाङ्कन विक्रम श्रेष्ठले गरेका हुन् भने तारा शर्मा र रमेश गौतमको अभिनय रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण