यस्तो छ फिल्म ‘मेरो जुत्ता खोइ’ को नयाँ गीत
सारांश
- फिल्म 'मेरो जुत्ता खोइ' को नयाँ गीत 'दिलको ढोका खोलेर' सार्वजनिक गरियो।
- गीतमा राजेशपायल राई र मेलिना राईको स्वर रहेको छ, जसमा डा.ओमकृष्ण प्रसाईंको शब्द, विकास चौधरीको संगीत र सञ्जय हमालको एरेन्ज छ।
- कुमार केसी निर्देशित फिल्ममा सुरवीर पण्डित, रोहन सेन्चुरी, प्रशान्त मुखिया, र रचना शिवाकोटी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
काठमाडौँ । फिल्म ‘मेरो जुत्ता खोइ’ को नयाँ गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक गरिएको छ । गीतमा राजेशपायल राई र मेलिना राईको स्वर छ । गीतमा डा.ओमकृष्ण प्रसाईंको शब्द, विकास चौधरीको संगीत र सञ्जय हमालको एरेन्ज छ
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुरवीर पण्डित, रोहन सेन्चुरी, प्रशान्त मुखिया, रचना शिवाकोटी लगायतको अभिनय छ । अनुग्रह फिल्मस, बुलाकी इन्टरटेनमेन्ट र मुखिया फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको गीतमा कमल राईको कोरियोग्राफी छ ।
कुमार केसी निर्देशित फिल्ममा सुरवीर पण्डित, रोहन सेन्चुरी, प्रशान्त मुखिया, रचना शिवाकोटी अचला अधिकारी, अभय अधिकारी, पिटर खवासलगायतको अभिनय छ ।
प्रेम, विवाह र सामाजिक सम्बन्धको कथामा बनेको फिल्मका प्रस्तुतकर्ता अभय अधिकारी हुन् । निर्मातामा प्रितम मुखिया र अभय अधिकारी रहेका छन् । फिल्मको कार्यकारी निर्माता रोहन सेन्चुरी (डम्बरबहादुर विश्वकर्मा) हुन् । फिल्मको प्रदर्शन मिति जुर्न बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण