सर्लाहीमा अज्ञात समूहले गोली प्रहार गर्दा एक जनाको मृत्यु (अपडेट)
सारांश
- सर्लाहीको हरिपुर्वा नगरपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ।
- मृत्यु हुनेमा ४० वर्षीय रामपुकार यादव रहेका छन्, जसलाई उपचारका क्रममा मृत घोषित गरियो।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र आक्रमणकारीको खोजी कार्य तीव्र पारेको छ।
सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा शुक्रबार राति अज्ञात समूहले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार राति अन्दाजी ८:२० बजेको समयमा महादेव यादवका ४० वर्षीय छोरा रामपुकार यादवलाई अपरिचित व्यक्तिहरूले गोली हानेका थिए ।
टाउकोमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्कालै उपचारका लागि महोत्तरीस्थित जानकी हेल्थ केयरमा लगिएको थियो । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हरिपुर्वाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जना, इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको कमाण्डमा ११ जनाको टोली घटनास्थलमा खटिएको थियो ।
थप अनुसन्धान तथा आक्रमणकारीको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको कमाण्डमा २१ जनासहित जम्मा ३६ जनाको प्रहरी टोली परिचालन गरिएको छ ।
उपचारका क्रममा जानकी हेल्थ केयरमा राति ८ : ४० बजे चिकित्सकले यादवलाई मृत घोषणा गरेका थिए । उनको शव सोही अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र गोली प्रहारमा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको जनाएको छ ।
अहिलेसम्म घटनाको कारण र आक्रमणकारीको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण