ट्रम्प-पुटिन वार्ता
अलास्कामा ट्रम्पको दोस्रो कार्यकालमा पुटिनसँगको पहिलो प्रत्यक्ष भेट
शनिबार, ३१ साउन २०८२, ०१ : १६
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिन अलास्कामा पहिलो पटक प्रत्यक्ष भेटवार्ता गरेका छन्।
- दुवै नेताले हात मिलाउँदै शुभकामना आदानप्रदान गरे, र दोस्रो कार्यकालपछि पहिलो भेट गरेका हुन्।
- भेटवार्ता करिब तीन घण्टा चल्ने र त्यसपछि संयुक्त पत्रकार सम्मेलन हुने बताइएको छ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अलास्कामा पहिलो पटक प्रत्यक्ष रूपमा भेट भएका छन्। रातो कार्पेटमा उभिएर दुवैले केही सेकेन्डसम्म हात मिलाउँदै शुभकामना साटासाट गरे।
ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि भएको यो पहिलो प्रत्यक्ष भेट हो। विमानबाट ओर्लिएर पत्रकारहरूलाई फोटो खिचाएर दुवै नेताले आत्मीयता प्रदर्शन गरे। उनीहरू एउटै गाडिमा बैठकहल तर्फ अघि बढेका छन् ।
करिब तीन घण्टा चल्ने भनिएको यस वार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना हुनेछ। अब हेर्न बाँकी छ, दुवै नेताबिचको यो ऐतिहासिक भेटले कस्तो परिणाम ल्याउनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण