यस्ताे छ समीर भट्ट अभिनित 'बलिदान'को टिजर
सारांश
- चलचित्र 'बलिदान' को टिजर सार्वजनिक भएको छ, जसमा देशको एक हिस्सा बैरीहरूको निशानामा परेको कथा छ।
- सौगात मल्ल मसाल बोकेर उभिएका छन् भने हेमन्त बुढाथोकीले कालीमाताको चरणमा रगत चढाएको अभिनय गरेका छन्।
- समीर भट्ट 'एक्सन किङ' को रूपमा प्रस्तुत छन् र ऋचा शर्मा, अर्पण थापा लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौं । चलचित्र 'बलिदान'को टिजर सार्वजनिक भएको छ। सन्तोष सेनको निर्देशन रहेकाे चलचित्रकाे टिजरको सुरुवातमा देशको एक हिस्सा बैरीहरूको निशानामा परेको र उनीहरूलाई रोक्न असम्भव भएको उद्घोष सुनिन्छ।
पृष्ठभूमिमा अभिनेता सौगात मल्ल मसाल बोकेर दृढ अडानका साथ उभिएका देखिन्छन्। त्यसपछि अभिनेता हेमन्त बुढाथोकीको आवाज गुन्जिन्छ, जहाँ उनले कालीमाताको चरणमा रगत चढाउँदै बिताएको समय र त्यो बलिदानको अभिनय पूरा भएको भाव व्यक्त गर्छन्। दृश्यमा बुढाथोकी राजसी पहिरनमा देखिन्छन् भने अर्पण थापा सशक्त राजनेताको भूमिकामा छन्।
अभिनेत्री ऋचा शर्माको संवाद र निर्देशक सेन स्वयं आदिवासी पात्रको रूपमा उपस्थित छन्। अभिनेता समीर भट्टको प्रवेशसँगै टिजरको तानाबाना अझ गहिरो बन्छ। टिजरमा उनलाई ‘एक्सन किङ’को परिचय दिइएको छ र उनले पावरफुल एक्सनका दृश्यहरू प्रस्तुत गरेका छन्।
आसुसेन फिल्मस प्रा. लिको ब्यानरमा बनेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट, कार्यकारी निर्माता प्रेम पुरी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण