एमभीआईसीद्वारा ‘व्यवस्थापन र सूचना प्रविधिमा दिगो विकास’ विषयक राष्ट्रिय सम्मेलन सम्पन्न
सारांश
- मिड-भ्याली इन्टरनेशनल कलेजले 'व्यवस्थापन र सूचना प्रविधिमा दिगो विकासका लागि नवीन व्यवसायिक अभ्यासहरू' विषयक राष्ट्रिय सम्मेलन सम्पन्न गर्यो।
- सम्मेलनमा शैक्षिक आदान-प्रदान, अनुसन्धानको प्रवर्द्धन, र पेशागत सञ्जाल निर्माणमा जोड दिइएको थियो।
- विभिन्न विज्ञहरूले दिगो विकास र प्रविधिबारे विचार प्रस्तुत गरे, र १५ उत्कृष्ट अनुसन्धान पत्रहरू प्रस्तुत गरिए।
काठमाडौँ । मिड–भ्याली इन्टरनेशनल कलेजले ‘व्यवस्थापन र सूचना प्रविधिमा दिगो विकासका लागि नवीन व्यवसायिक अभ्यासहरू’ विषयक राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको छ । सम्मेलनले शैक्षिक आदान–प्रदान, अनुसन्धानको प्रवर्द्धन तथा पेशागत सञ्जाल निर्माणका लागि महत्वपूर्ण मञ्चको भूमिका निर्वाह गरेको कलेजले जनाएको हो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रितल राणाले स्वागत मन्तव्य र उद्घाटन भाषणमार्फत गरेकी थिइन् । उनले व्यवसाय तथा प्रविधि शिक्षामा नवप्रवर्तन र दिगोपनको एकीकरणको आवश्यकता औंल्याइन् । विशेष अतिथि सुरिना गुरुङले भावी नेतृत्व निर्माणमा शैक्षिक क्षेत्रको भूमिकाबारे प्रकाश पार्दै समसामयिक चुनौती समाधानमा अकादमिक अभ्यासले महत्वपूर्ण योगदान दिन सक्ने बताइन् ।
सम्मेलन संयोजक डा.पदम डंगोलको संयोजनमा आयोजित कार्यक्रममा देशभरका विज्ञ, विद्वान, व्यवसायिक व्यक्तित्व तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। प्रमुख वक्ता डा.महेश महर्जन (सूचना प्रविधि) र डा. हरिराज रजौरे (व्यवस्थापन) ले बदलिँदो व्यवस्थापन अभ्यास, प्रविधिगत प्रगतिहरू तथा दिगो विकास हासिल गर्न तिनको भूमिकासम्बन्धी विचार प्रस्तुत गरे।
दिनभर सञ्चालन भएका सत्रहरूमा व्यवस्थापन, सूचना प्रविधि, आतिथ्य र पर्यटनका क्षेत्रमा दिगो र नवप्रवर्तनात्मक व्यवसायिक रणनीतिबारे गहन छलफलहरू भए । कलेजको अनुसन्धान विभागले छनोट गरेका १५ उत्कृष्ट अनुसन्धान पत्र प्रस्तुत गरिएका थिए । यस सम्मेलनले विचार आदान–प्रदान, सहकार्य प्रवर्द्धन तथा दिगो विकासका लागि व्यावहारिक समाधानहरूको खोजीमा योगदान पुर्याएको कलेजले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण