कर्मचारीको हडतालका कारण एयर क्यानाडाका सयौँ उडान स्थगित
सारांश
- एयर क्यानाडाले कर्मचारी आन्दोलनका कारण उडान रद्द गरेको छ, जसले गर्दा हजारौं यात्रुहरू प्रभावित भएका छन्।
- क्यानडाको सबैभन्दा ठूलो एयरलाइन्सले टिकट काटेका यात्रुहरूलाई अर्को सूचना नआएसम्म विमानस्थलमा नजान आग्रह गरेको छ।
- हडतालका कारण सेवा प्रभावित भएको भन्दै एयर क्यानाडाले ग्राहकहरूसँग दुःख व्यक्त गरेको छ र वार्ता जारी राखेको जनाएको छ।
टोरन्टो, क्यानडा । एयर क्यानाडाले आफ्ना दैनिक एक लाख ३० हजार यात्रुहरूको ग्रीष्मकालीन यात्रालाई कर्मचारीहरूको आन्दोलनका कारण पर्न गएको व्यवस्थापकीय समस्या देखाउँदै उडानहरू स्थगित गरेको छ । एयर क्यानाडाल शनिबार सयौँ उडानहरू रद्द भएको पुष्टि गरेको छ ।
विश्वका १८० शहरमा सीधै उडान भर्ने क्यानडाको सबैभन्दा ठुलो एयरलाइन्सले एयर क्यानाडा वा यसको कम लागतको सहायक कम्पनी एयर क्यानाडा रुजको टिकट काटिएको भए पनि उडानहरू रद्द भएकाले सेवाका लागि अर्को सूचना नभएसम्म विमानस्थलमा नजान आग्रह गरेको छ ।
यद्यपि, यो निर्देशन तेस्रो पक्षद्वारा सञ्चालित एयर क्यानाडा एक्सप्रेसको सेवा आन्दोलनका कारण प्रभावित हुने छैन।
एयर क्यानडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हडतालले ग्राहकमा पारेको असरप्रति एयर क्यानाडा गहिरो खेद प्रकट गर्दछ ।”
एयर क्यानडाका १० हजार उडान कर्मचारी प्रतिनिधित्व गर्ने ‘क्यानेडियन युनियन अफ पब्लिक इम्प्लोइज (सियुपिई) ले स्थानीय समयअनुसार शनिबार राति १२ः५८ बजे (स्थानीय समयानुसार ४ः५८ बजेदेखि हडतालको औपचारिक सुरुवात भएको जनाएको छ।
यसको जवाफमा एयर क्यानडाले सियुुपिईसँग सम्बन्धित ‘चालक दलका सदस्य’ को हाजिरीको निरन्तरताबारे प्रश्न उठाएको छ । एयर क्यानडाले कर्मचारीहरूलाई भुक्तानी विवादको कारण गतिरोधको समयमा काम नगर्न भनेको छ ।
एयर क्यानाडाले सम्भावित श्रम कार्यअघि बिस्तारै सेवा सञ्चालन बन्द गरिरहेको थियो।
शुक्रबार राति ८ बजेसम्ममा एयरलाइन्सले ६२३ उडान रद्द गरेको र एक लाखभन्दा बढी यात्रु प्रभावित भएको जनाएको छ । यसको दैनिक ७०० उडान तालिका शनिबारका लागि रद्द गरिएको छ ।
“यस समयमा, एयर क्यानाडा सियुपिईसँग आफ्नो सामूहिक सम्झौताको नवीकरणको लागि वार्ता गर्ने प्रयासमा प्रतिबद्ध छ,” कम्पनीले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण