प्रचण्डले किन बोलाए पदाधिकारी बैठक ?
आइतबार, ०१ भदौ २०८२, १० : १४
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भदौ ३ गते पार्टी पदाधिकारी बैठक बोलाएका छन्।
- बैठकमा मध्यपहाडी लोक मार्ग केन्द्रित जागरण अभियान, एकताका विषयमा छलफल हुनेछ।
- बैठक खुमलटारमा कि पेरिसडाँडामा बस्ने भन्ने विषयमा जानकारी आएको छैन।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । भदौ ३ गते बिहान ११ बजे बस्ने गरी बैठक बोलाएको उपमहासचिव मातृका यादवले जानकारी दिए ।
यादवका अनुसार स्थगित भएको मध्यपहाडी लोक मार्ग केन्द्रित जागरण अभियानको कार्यतालिका, एकतामा जोडिएका नेताहरूको कार्यविभाजन, पार्टी एकता, समसामयिक राजनीति लगायत विषयमा छलफल हुनेछ ।
यद्यपि बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्ने कि केन्द्रीय कार्यालय पेरिसडाडामा बस्ने विषयमा जानकारी नआएको उनले बताए । साउन १९ गते सम्पन्न स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो ।
भदौ १५ गतेबाट स्थगित भएको जागरण अभियान सुरु गर्ने निर्णय गरेको थियो । यस बैठकले केन्द्रीय समितिको बैठकको मिति पनि तय गर्न सक्ने नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण