युएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी
आइतबार, ०१ भदौ २०८२, १२ : ३२
सारांश
- युएईले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका १२० जना नेपालीको कैद मिनाहा गरेको छ।
- ईद अल-अदाह पर्वको अवसरमा युएई सरकारले आममाफी दिएको हो।
- अबूधाबीस्थित नेपाली दूतावासले युएई सरकारलाई आभार व्यक्त गरेको छ।
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) ले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका नेपालीको कैद मिनाहा गर्ने भएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व ईद अल–अदाहका अवसरमा विभिन्न कसुरमा युएईको जेलमा सजाय भोगिरहेका १२० जना नेपालीको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी प्रदान गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
‘नेपालीहरूको कैद सजाय मिनाहा गरिएकामा नेपाली दूतावास, अबुधावीले संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ’, दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण