दसैँमा सवारीको भाडा बढाउने योजना छैन : मन्त्री दाहाल
आइतबार, ०१ भदौ २०८२, १६ : ४८
सारांश
- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यो वर्षको चाडपर्वमा सवारीको भाडा दर नबढाउने बताए ।
- मन्त्री दाहालले चाडपर्वमा सडक यातायात सहज बनाउन मन्त्रालय तयारी अवस्थामा रहेको जानकारी दिए ।
- विपदबाट क्षतिग्रस्त सडक मर्मत सम्भारका लागि पहल भइरहेको र चीनसँगको नाका ठप्प भएको जानकारी गराए ।
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यो वर्षको चाडपर्वमा सवारीको भाडा दर नबढाउने बताएका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
‘यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन’ उनले भने- ‘भाडा बढ्ला कि भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन ।’ साथै चाडपर्वमा सडक यातायात सहज बनाउन भौतिक मन्त्रालय तयारी अवस्थामा रहेको जानकारी समेत उनले दिए ।
यस्तै मन्त्री दाहालले विपदबाट क्षतिग्रस्त सडक मर्मत सम्भारका लागि पहल भइरहेको जानकारी गराए । ‘अहिले चीनसँग जोड्ने रसुवागढी र तातोपानी नाका दुवै ठप्प भएकाले आपूर्ति नै ठप्प छ । तत्काल कोदारीको पहिरो मर्मत गरी अरनिको राजमार्ग सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण