शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
क्रिकेट

पहिलो जीतको खोजीमा रहेको नेपालले मेलबर्न स्टार्सको सामना गर्दै

सोमबार, ०२ भदौ २०८२, ०६ : ००
सोमबार, ०२ भदौ २०८२

सारांश

  • अस्ट्रेलियामा जारी टी-२० सिरिजमा नेपालले जितको लागि मेलबर्न स्टार्स एकाडेमीसँग प्रतिस्पर्धा गर्दैछ।
  • नेपालले यसअघिका दुई खेलमा हार बेहोरेको थियो र जितको खोजीमा छ।
  • आगामी टी-२० विश्वकप छनोटको तयारीका लागि नेपालले यो प्रतियोगिता खेलिरहेको छ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले आफ्नो तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्स एकाडेमीको सामना गर्दैछ । नेपाल हालसम्म प्रतियोगितामा जितविहीन रहेको छ । आजको खेलमा नेपालले जितको खाता खोल्ने लक्ष्य राख्नेछ ।

नेपाल पहिलो खेलमा अस्ट्रेलियाको स्थानीय टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल बंगलादेश एसँग ३२ रनले स्तब्ध बन्यो ।

सिरिजमा सहभागी रहेका अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।

514402903_1215364513953260_5520800248450632498_n

त्यसैगरी, सिरिजमा अस्ट्रेलियाका बिग बास लिग (बीबीएल) को हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर, मेलबर्न स्टार तथा मेलबर्न रेनेगड्सका टोलीका एकेडेमी टोलीलगायतको सहभागिता रहनेछ । नेपालले समूह चरणमा ६ खेल खेल्नेछ ।

लिग चरणको शीर्ष चार रहने टोलीका बिचमा सेमिफाइनल भिडन्त हुनेछ । नेपालले चौथो खेल अगस्त १९ तारिखमा होबार्ट हुरिकेन्सविरुद्ध खेल्नेछ ।  त्यसैगरी, पाँचौँ खेल अगस्त २० तारिखमा मेलबर्न रेनेगेड्सविरुद्ध खेल्ने छ भने अन्तिम लिग खेल अगस्त २२ तारिखमा पाकिस्तान शाहिन्सविरुद्ध खेल्नेछ । 

533563390_1215371073952604_5090973039680531383_n

नेपालले यो प्रतियोगिता आउँदो अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीस्वरुप खेल्न लागेको क्यानले जनाएको छ । क्यानले रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

क्यानले सार्वजनिक गरेको टोलीमा कुशल मल्ल कमब्याक गरेका छन्  । क्यानले नेपाली टोलीको उप कप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई दिएको छ । 

  • नेपाली टोली

रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलसन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम,साहब आलम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप