शंकर नेशनल स्कुलद्वारा ‘हाम्रो सेरोफेरो तथा सामाजिक विषयक प्रदर्शनी’ आयोजना
सारांश
- भक्तपुरको शंकर नेशनल स्कुलले 'हाम्रो सेरोफेरो तथा सामाजिक विषयक प्रदर्शनी' आयोजना गर्यो।
- प्रदर्शनीमा विद्यार्थीहरूले विभिन्न स्टलहरूमा समुदाय, संस्कृति र परम्परागत वस्तुहरू प्रदर्शन गरे।
- प्रदर्शनीको उद्देश्य विद्यार्थीहरूको सिकाइ, प्रस्तुतिकरण र सामाजिकीकरणलाई बढावा दिनु थियो।
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित शंकर नेशनल स्कुलले ‘हाम्रो सेरोफेरो तथा सामाजिक विषयक प्रदर्शनी–२०८२’ आयोजना गरेको छ । शुक्रबार कक्षा १ देखि कक्षा ७ सम्मका विद्यार्थी र शिक्षकहरूको सहभागितामा प्रदर्शनी आयोजना गरिएको हो ।
कक्षामा गरिएका र अध्यापन भएका पाठ्य वस्तुहरूको आधारमा विभिन्न मासिक र साप्ताहिक रूपमा फरक फरक क्रियाकलापहरूमा नानीबाबुहरूलाई जोड्दै उक्त कक्षागत सिकाइलाई विषय सँगै जोड्दै विभिन्न प्रयोगात्मक क्रियाकलापहरू गर्दै आइरहेको छ।

सिकाई उपलब्धि बनाउनका लागि विद्यालयको कार्यक्रम हलमा प्रदर्शनी आयोजना गरिएको सो स्कुलले जनाएको छ । उक्त प्रदर्शनीमा आ–आफ्नो कक्षाको प्रतिनिधित्व गर्दै हरेक कक्षाले विभिन्न स्टलहरू राखेका थिए। उक्त स्टलमा समुदाय र पेसा आर्थिक क्रियाकलाप, हाम्रो पृथ्वी, नागरिक चेतना, कला संस्कृति, हाम्रो विगत, हाम्रो समुदाय, हाम्रा परम्परागत उपकरण, चाडपर्व लगायतका विषयवस्तुहरू प्रत्यक्ष अवलोकन गर्न सकिन्थ्यो ।
परम्परागत पोसाकहरू, डोको,नाम्लो, टुकी, रेडियो, हलो–जुवादेखि हाम्रो पृथ्वी समेत स्टलमा राखिएको थियो। प्रदर्शनीमा राखेका विभिन्न सामग्री तथा वस्तुहरूबारे स्टलमा बसेका विद्यार्थीहरूले अवलोकनकर्ताहरूलाई बुझाएका थिए ।

प्रदर्शनीमा विभिन्न चेतनामूलक प्ले कार्डहरू समेत राखिएको थियो। उक्त प्रदर्शनीमा सिकाइको इकाईलाई परियोजना र प्रयोगात्मक रूपमा समेत प्रस्तुत गरिएको थियो।
यस प्रदर्शनीको उद्देश्य विद्यार्थीहरूको विशेष सिकाइ मात्र नभई प्रस्तुतिकरण, सामाजिकीकरण ज्ञान र पूर्ण रूपमा विषय वस्तुहरूलाई सिकाउनु रहेको सो स्कुलका अतिरिक्त क्रियाकलाप इन्चार्ज मुकुन्द अधिकारीले जानकारी दिए ।
यस प्रकारका अतिरिक्त क्रियाकलापहरुले प्रयोगात्मक रूपमा नै सिकाई उपलब्धिमूलक हुनेमा दुई मत नरहेको विद्यालयका प्रिन्सिपल शरण चौलागाईंले बताए । साथै स्कुलले अब अर्को प्रदर्शनी गणित विषयसँग जोडेर आयोजना गर्ने समेत उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण