मेलम्चीको कार्यकारी निर्देशकमा दास नियुक्त
सारांश
- मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा जगरनाथ दास नियुक्त भएका छन्।
- ई. रत्न लामिछानेलाई खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशकमा नियुक्त गरिएको छ।
- खानेपानी तथा ढल व्यवस्थापन विभागले तीनै उपमहानिर्देशक नियुक्त गरेर पूर्णता पाएको छ।
काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा जगरनाथ दासलाई नियुक्त गरिएको छ । मन्त्रिस्तरीय निर्णयले कार्यकारी निर्देशकमा दासलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको खानेपानी मन्त्रालयले जनाएको छ ।
दास यसअघि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका कार्यालय प्रमुख रहेका थिए । उनले आजै कार्यकारी निर्देशकको पदवहाली गरेका मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
त्यसैगरी मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक ई.रत्न लामिछानेलाई खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशकमा नियुक्त गरिएको छ ।
विभागको परिवर्तित स्थायी संरचनाअनुसार तीन जना उपमहानिर्देशकको दरबन्दी रहेकामा हाल तीनै जना उपमहानिर्देशक नियुक्त गरिएपछि विभागले पूर्णता प्राप्त गरेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण