शाहरुखलाई अवकाश लिन फ्यान सुझाव, जवाफमा के भने ?
सारांश
- शाहरुख खानले सामाजिक सञ्जाल एक्समा #AskSRK सेसन गरेर प्रशंसकका प्रश्नको जवाफ दिए।
- एक प्रयोगकर्ताले अवकाश लिन आग्रह गर्दा शाहरुखले रमाइलो जवाफ दिए र नयाँ पुस्तालाई मौका दिन भने।
- उनले ‘जवान’ फिल्मका लागि सर्वश्रेष्ठ अभिनेताको अवार्ड जितेकोमा खुसी व्यक्त गरे, र नयाँ फिल्म ‘किङ’बारे जानकारी दिए, जसमा छोरी सुहाना खानको भूमिका छ।
मुम्बई । बलिउड अभिनेता शाहरुख खानले शनिबार सामाजिक सञ्जाल एक्समा #AskSRK सेसन गरेका थिए। यस क्रममा फ्यान र प्रयोगकर्ताहरूले गरेका धेरै प्रश्नहरूको उनले रमाइलो तरिकामा जवाफ दिए।
सेसनमा एक प्रयोगकर्ताले शाहरुखलाई फिल्मबाट अवकाश लिन सुझाव दिएका थिए। सो प्रयोगकर्ताले लेखेका थिए, ‘भाइ, अब उमेर भइसक्यो, अवकाश लिनुहोस्। अरू नयाँ पुस्तालाई मौका दिनुहोस्।’
यसमा शाहरुखले ठट्यौली शैलीमा जवाफ फर्काउँदै भने। ‘भाइ, जब तिम्रा प्रश्नहरूको बचपना हराउँछ, तब केही राम्रो सोध। त्यतिन्जेलसम्म कृपया अस्थायी अवकाशमा बस।’
- नेशनल अवार्डप्रति खुशी
सेसनमा शाहरुखले हालै प्राप्त गरेको राष्ट्रिय फिल्म पुरस्कारबारे पनि प्रतिक्रिया दिए। उनले फिल्म ‘जवान’ का लागि सर्वश्रेष्ठ अभिनेता अवार्ड जितेका हुन्।
यो अवार्ड उनले फिल्म ‘टुवेल्थ फेल’ का अभिनेता विक्रान्त मेसीसँग साझा गरेका छन्। शाहरुखले भने, “मलाई लाग्छ म राष्ट्रको राजा हुँ। यो ठुलो सम्मान हो, अब अझ बढी मेहनत गर्नुपर्छ।”
- छोरी सुहानासँग नयाँ फिल्म ‘किङ’
शाहरुखले आफ्नो नयाँ फिल्म ‘किङ’ को अपडेट पनि सेसनमा फ्यानहरूसँग बाँडे। सिद्धार्थ आनन्दको निर्देशनमा बन्दै गरेको यस फिल्ममा उनकी छोरी सुहाना खानले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दैछिन्।
छायांकनको प्रगतिबारे सोधिएको प्रश्नमा शाहरुखले भने, ‘राम्रो छायाङ्कन भयो, चाँडै फेरि सुरु हुनेछ। इन्शा अल्लाह छिट्टै पूरा हुन्छ। सिद्धार्थ आनन्द यसलाई पूरा गर्न धेरै मेहनत गरिरहेका छन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण